प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ। संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएका हुन् ।
दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधान न्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेका छन् । उजुरीको पोका आज खोलिने र के कस्ता उजुरी परेका छन् अनि मात्र सार्वजनिक हुनेछ।
गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेकोमा तोकिएको १० दिन (आइतबार) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एक जना कर्मचारीले जानकारी दिए।
असोज ३ को समितिको बैठकले प्रधानन्यायाधीश सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।
सिफारिस भएका दुई न्यायाधीशको उजुरी आह्वान हुँदै
त्यस्तै आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशमाथि उजुरी माग गर्ने तयारी गरेको छ। आज १ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण