इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथ ३-१ ले विजयी
मङ्गलबार, १५ असोज २०८१, ०३ : ४५
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साउथमटनविरुद्ध बर्नमाउथले ३-१ को जित हासिल गरेको छ ।
सोमबार घरेलु मैदान भाइटलिटी स्टेडियममा भएको छैटौँ चरणको खेलमा बर्थमाउथले साउथमटनविरुद्ध जित निकालेको हो ।
खेलको १७ औँ मिनेटमै इभानिल्सनले बर्थमाउथका लागि गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफको ३२ र ३९ औँ मिनेटमै बर्नमाउथले ३-० अन्तर बनाएको थियो ।
उसका लागि ड्याङ्गो क्वातारा र एन्टोनियो सिमेन्योले १-१ गोल गरेका थिए । साउथमटनका लागि ५१ औँ मिनेटमा हार्वड बेलिसले सान्त्वाना गोल फर्काएका थिए ।
जितसँगै बर्नमाउथले अंकतालिकामा ३ अंक थपेको छ । ५ खेलमा सोमबार दोस्रो खेल जितेको बर्नमाउथ ८ अंकसहित ११ औँ स्थानमा रहेको छ।
साउथमटनले भने अहिलेसम्म कुनै खेल जितेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण