देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा
पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत असोज ११ गते भारतको नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको हो । सोमबारको बयानपछि मंगलबार थुनछेक बहससँगै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर नेपाली (ओमप्रसाद दर्जीं) भने डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सहकारी ठगी अभियोगमा ६ जना पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।
नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको अभियोग दायर भएको छ भने कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगपछि नेपाली १६ महिनादेखि फरार थिए । उनलाई कास्कीमा समेत उजुरी परेकोले कास्की जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण