दुई दिन कोशी र बागमती प्रदेशमा अति वर्षाको पनि सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसले गर्दा भोलि (बुधबार) दिउँसोदेखि बिहीबार रातीसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार बुधबार दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबार राती कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको एक–दुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण