रवि लामिछानेले बाढी, पहिरो र जनधनको क्षतिबारे सामूहिक छलफल गर्ने
बुधबार, १६ असोज २०८१, १३ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढी पहिरो र जनधनको क्षतिबारे छलफल गर्न सार्वजनिक भेटघाट गर्ने भएका छन् । बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक भेटघाटको कार्यक्रम राखिएको उनको सचिवालयले जानकारी दिएको छ ।
सभापति लामिछानेको सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ- ‘देशको अधिकांश भागमा बाढी, पहिरो र जनधनको क्षति आदी समेत विविध विषयवस्तुबारे पार्टी सभापतिज्यूले सामूहिक छलफलका लागि आज दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक रूपमा भेटघाट कार्यक्रम राख्नुभएको हुनाले सम्पूर्ण साथीभाइहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको कुरा सञ्चारमाध्यमलाई जानकारीको लागि अनुरोध छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण