सिरियामा इजरायलको हवाई हमलामा हिजबुल्लाह प्रमुख नसरल्लाहका ज्वाइँको मृत्यु
बिहीबार, १७ असोज २०८१, १६ : ०४
दमास्कस । सिरियामा इजरायलले गरेको हवाई आक्रमणमा परेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिर मारिएका छन् । समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै यो खबर छापेको हो ।
इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा गरेको हवाई आक्रमण परेर उनको मृत्यु भएको छ । उनीसँगै अरू दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।
सेप्टेम्बर २७ मा इजरायलले बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टनको फ्याकेको थियो । यसमा परेर हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाह बाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो ।
इजरायल एकैसाथ धेरै मोर्चामा लडिरहेको छ । लेबनानमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी विद्रोही बाहेक इजरायली सेना सिरिया र इरानसँग पनि लडिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण