ललितपुरसहित विभिन्न जिल्लामा ५ जना मृत फेला
आइतबार, २० असोज २०८१, १७ : २२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, रास्कोट नगरपालिका-६ औल बस्ने ६५ वर्षीय मिम बहादुर बम सोही नगरपालिका-६ स्थित जगदुल्ला भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- दोलखा, तामाकोशी गाउँपालिका-७ जोरपानी बस्ने २९ वर्षीया बिमला सुनुवार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी हाटबजार बस्ने ५३ वर्षीया चन्द्र कुमारी थापा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोघारास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुमित गुरूङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर महानगरपालिका-२५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा रौतहट गौर नगरपालिका-६ घर भई ललितपुर महानगरपालिका-१४ ताल्छीखेल बस्ने ३० वर्षीय विकाउ साह आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।