ललितपुरसहित विभिन्न जिल्लामा ५ जना मृत फेला
आइतबार, २० असोज २०८१, १७ : २२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, रास्कोट नगरपालिका-६ औल बस्ने ६५ वर्षीय मिम बहादुर बम सोही नगरपालिका-६ स्थित जगदुल्ला भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- दोलखा, तामाकोशी गाउँपालिका-७ जोरपानी बस्ने २९ वर्षीया बिमला सुनुवार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी हाटबजार बस्ने ५३ वर्षीया चन्द्र कुमारी थापा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोघारास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुमित गुरूङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर महानगरपालिका-२५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा रौतहट गौर नगरपालिका-६ घर भई ललितपुर महानगरपालिका-१४ ताल्छीखेल बस्ने ३० वर्षीय विकाउ साह आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण