६ दिनमा हवाई मार्गबाट एक लाखभन्दा बढीले छाडे उपत्यका
काठमाडौँ । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा एक लाख पाँच हजार ४४० जना यात्रुले हवाई मार्गबाट उपत्यकादेखि विभिन्न गन्तव्यमा यात्रा गरेका हुन् ।
गत शुक्रबारदेखि आइतबारसम्म अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । सोमबारदेखि पूर्ण रूपमा खुलेको मौसममा एकैदिन ४५० उडानमार्फत् १९ हजार १६५ जना उपत्यकाबाट बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
त्यस्तै, मंगलबार मंगलबार ४३४ उडानमार्फत् १८ हजार १३७ जनाले उपत्यका छाडेको कार्यालयका प्रवक्ता रिजी शेर्पाले जानकारी दिए । त्यसको भोलिपल्ट अर्थात्, बुधबार १७ हजार चार जनाले उपत्यका छाडेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केको अवस्थामा उडान बन्द हुँदा सो दिन ३७५ उडान वटा मात्रै उडान हुन सकेकोले बाहिरिएका यात्रुको संख्या कम भएको हो ।
बिहीबार ३०९ उडानमार्फत् १८ हजार ३ जनाले उपत्यका छाडेको कार्यालयले जनाएको छ । त्यस्तै, शनिबार भने २९९ उडानमार्फत् १६३७८ जनाले उपत्यका छाडेको प्रवक्ता शेर्पाले जानकारी दिए ।
वर्षा रोकिए पनि मनसुन अझै सक्रिय रहेको र ठाउँठाउँमा सुख्खा पहिरो समेत गएका कारणले अहिले पनि सडकको यात्रा कठिन छ । लामो समय र जोखिम लिएर यात्रा गर्नुको सट्टा उडानमार्फत् सुरक्षित यात्रा गर्न चाहनेको संख्या बढ्दा पछिल्लो समय हवाई टिकटको माग बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
-
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
-
उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु, तस्बिरहरू
-
विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न प्राधिकरणको निर्देशन, यी ३५ वेबसाइट र एप ब्लक गरिँदै
-
जेनजी आन्दोलनमा थुनाबाट भागेका दुई जना फरार प्रतिवादी पक्राउ
-
राज्य व्यवस्था तथा सुशासन समितिले गरेका यी हुन् चार निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण