एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा
सोमबार, २१ असोज २०८१, ११ : ४९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।
एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको हो ।
यस्तै कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय भएको छ ।
बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा