आज जम्मु कश्मीर विधानसभा चुनावको नतिजा आउँदै
मङ्गलबार, २२ असोज २०८१, ०८ : ५७
जम्मु कश्मीर। आज भारत प्रशासित जम्मु कश्मीर विधान सभा चुनावको नतिजा आउँदैछ। सो राज्यमा केही दिन अघि ९० विधान सभा सिटमा ३ चरणमा मतदान भएको थियो । जम्मु कश्मीरमा १० वर्षपछि विधान सभाको चुनाव भएको हो ।
पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाको पार्टी नेशनल कन्फ्रेन्स, इन्जिनियर रशीदको अवामी इत्तेहाद पार्टी, महबुबा मुफ्तीको पीडीपी र कांग्रेस र भाजपाका उम्मेदवारहरू चुनावी मैदानमा छन्। कुनै पनि दललाई सरकार बनाउन ४८ विधायकको समर्थन चाहिन्छ।
जम्मु कश्मीरमा विधानसभा सदस्य सङ्ख्या ९५ जनाको रहेको छ। यीमध्ये ५ जना सदस्य मनोनीत गर्ने गरिन्छ। ९० जना विधायक मतदानबाट निर्वाचित हुने गर्छन् । साथै भारतमा आज हरियाणा विधानसभा चुनावको मतगणना समेत भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण