प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने
काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने नेताहरूले बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बाढीपहिराेले जनता शोकमा रहेकाले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘असोज ११ र १२ गते आएको बाढीपहिराेले धेरै जनधनको क्षति भएको छ । जनता शोकमा रहेकाले यसपटक पार्टीको तर्फबाट चियापान कार्यक्रम हुनेछैन’, मंगलबार रातोपार्टीसँग गौतमले भने । एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान समारोह राख्दै आएको थियो ।
यस्तै प्रमुख सत्ता घटक नेपाली कांग्रेसले पनि चियापान नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हरेक वर्ष पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट हुने चियापान कार्यक्रम स्थगित गरिएको माओवादीले एक परिपत्रमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण