‘ छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’मध्ये कसलाई कति शो ?
काठमाडौंँ । फूलपातीदेखि प्रदर्शनमा आउन लागेको तीन फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को बुकिङ खुला भएको छ । मंगलबार दिउँसोसम्म तीन फिल्ममध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा ५’ पाएको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्मले देशभर हलबाट एक दिनमा २१७ शो पाएको खल्ती एपको डाटामा उल्लेख छ । क्यूएफएक्सले यो फिल्मलाई ९४ शो र आईएनआईले १४ शो उपलब्ध गराएको छ ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीलगायतका कलाकारको अभिनय छ ।
त्यस्तै, फिल्म ‘१२ गाउँ’ले देशभर १२५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ४९ शो र आईएनआईले ८ शो दिएको छ । बिराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’मा फिल्ममा बिराज र उनका छोरा समीरको मुख्य भूमिका छ ।
फूलपातीमा आउने तीन फिल्म मध्य सबैभन्दा थोरै शो वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले पाएको छ । फिल्मले देशभर ८९ शो पाएको छ ।
गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म बिहीबारका ‘बेहुली फ्रम मेघौली’ले पनि दोस्रो साता २४ शोका साथ निरन्तरता पाउने भएको छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्मको दोस्रो साताको शोमा भारी कटौती भएको हो ।
तीन फिल्म एकसाथ रिलिज हुने भएपनि ‘बेहुली फ्रम मेघौली’को शोलाई असर परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण