सर्पले महिलालाई टोक्यो, महिलाले सर्पलाईः दुबैको मृत्यु
सोमबार, २६ असार २०७४, १३ : १५
इन्डियन एक्सप्रेस
भारतको बिहारस्थित गोपालगञ्जमा एक महिलालाई विषालु सर्पले टोकेका कारण मृत्यु भएको छ । ती महिलाले आफूलाई टोक्ने सर्पलाई पनि बारम्बार टोकेको बताइएको छ । उपचारको क्रममा सदर अस्पतालमा मृत्यु हुनुपूर्व उनले गाउँलेको आग्रहमा सर्पलाई पनि टोकी टोकी मारेको बताइएको छ ।
घटना सयापुर गाउँको हो । नरेश चौबेकी ५० वर्षीया रजन्ती देवीलाई सर्पले टोक्यो । ‘सर्पले टोकेपछि सर्पलाई पनि टोके त्यसको विषले कम असर पुर्याउने गाउँलेले बताए,’ चौबेले भने । गाउँलेले उक्त सर्पलाई समाते र ती महिलालाई टोक्न लगाए । सर्पको तत्काल मृत्यु भयो । ‘उनको अवस्था नाजुक भएपछि हामीले उनलाई अस्पताल पुर्यायौं,’ उनले भने । ‘डा. आर के सिंहले अस्पताल ल्याइपुर्याउँदा सम्म विष शरिरभरी फैलिसकेको बताए जसका कारण हामीले उनलाई बचाउन सकेनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण