नेपाली टोली क्यानडाबाट अमेरिका प्रस्थान, भिसा नभएकाले स्वदेश फर्किए सन्दीप लामिछाने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्न क्यानडाबाट अमेरिका प्रस्थान गरे पनि टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।
सन्दीपसँग अमेरिकाको भिसा (प्रवेशाज्ञा) नभएका कारण उनी क्यानडाबाट नेपाल फर्किएका हुन् । पटक–पटक आवेदन गर्दा पनि नेपालस्थित अमेरिकी राजदूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गर्दै आएको छ ।
सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ ।
तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।
तर, अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि ‘होल्ड’ मा छ । त्यसपछि उनी पासपोर्ट फिर्ता लिएर क्यानडा प्रस्थान गरेका थिए । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले सन्दीप नेपाल फर्किएपछि पुनः अमेरिकी दूतावासमा भिसाको प्रक्रिया अघि बढाइने जानकारी दिए बताए ।
महान्यायाधिवक्ताको कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेकाले दूतावासले अब उनलाई भिसा दिन सक्ने विश्वास पनि क्यानले लिएको छ । अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखदेखि सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर २७ तारिखमा आयोजक अमेरिकासँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल २९ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाली टोलीले नोभेम्बर २ तारिखमा आफ्नो तेस्रो खेल अमेरिकासँग खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले आफ्नो चौथो खेल स्कटल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026