चाडपर्व लक्षित बजार अनुगमन: तीन लाखभन्दा बढीको सामान नष्ट
तनहुँ । बडादसैँलाई लक्षित गरी तनहुँमा गरिएको बजार अनुगमनका क्रममा रु तीन लाखभन्दा बढीको सामान नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दसैँको बिदा हुने अघिल्लो दिनसम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको उनले बताए ।
त्यस क्रममा पकाएर खाने झिलिङ्गा, आलुचप, ललिपपजस्ता तारेका र भुटेका खानेकुरामा ‘फुड कलर’ भनेर चिनिने ‘कोलटार’ रङ प्रयोग गर्नेलाई चेतावनीसहित यस्ता कार्य नगर्न भनिएको थियो । यस्तै व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्यसूची नराखेका, म्याद गुज्रिएका सामान प्रयोग गरेका, लेबल स्पष्ट नभएका सामान बिक्री वितरण गर्ने व्यावसायिक फर्मलाई रु तीन हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको डिभिजन प्रमुख आचार्यले जानकारी दिए । “असोज पहिलो सातादेखि नै बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको छ ।
करिब रु डेढ लाख बराबरको मासु तथा झिलिङ्गा बरामद गरी नष्ट गरिएको छ । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको क्षेत्र नवलपुरको विनयी त्रिवेणीसम्म बजार अनुगमन गरिएको थियो । “त्यस अवधिमा नवलपुरका निजी तथा सामुदायिक विद्यालयमा सञ्चालित क्यान्टिन सञ्चालकलाई तालिमसमेत प्रदान गरिएको थियो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा रहेका होटल, खाजाघर, गोरखामा रहेका पानी उद्योग र बेकरी उद्योग अनुगमन गरियो । त्यस क्रममा म्याद गुज्रिएका सामान नष्ट गर्यौँ”, डिभिजन प्रमुख आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण