मधेसी एकता समाजले दुबईमा मनायो दसैँ
दुबई । मधेसी एकता समाजले दुबईको जाबेल पार्कमा विजयादशमी, दीपावली र छठको पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दुबईमा बसोबास गर्ने मधेसीहरूको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न मधेसी एकता समाजका अन्तर्राष्ट्रिय समितिका संयोजक डा.रवीन्द्र यादवले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व प्रमुख डा.राजेश अहिराजले मधेसी एकता समाजले समुदायलाई एकत्रित गर्न गरेको प्रयासको प्रशंसा गरे ।
अन्तर्राष्ट्रिय समितिका संयोजक डा.रवीन्द्र यादवले मधेसी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने आफ्नो संगठन दृढ रहेको बताए । मधेसी समुदायको सेवा गर्नका लागि संगठनको प्रभाव र पहुँचलाई बढाउने उनले प्रतिबद्धता जनाए ।
समाजका महासचिव रोशन माक्सिस्टले समाजको उद्देश्य र मधेसी समुदाय बिचको एकताको सांस्कृतिक धरोहरको संरक्षणमा समाजको योगदानलाई उल्लेख गरे ।
कार्यक्रममा नेपाली राजदूतावास अबुधाबी का तृतीय सचिव द्वय बिमलेश कुमार मिश्र, जनकपुर प्रादेशिक अस्पतालका डा.कृष्ण यादव, विकास भट्टराई, अनुवादक रजी अहमद, मधेसी एकता समाजका विशिष्ट सल्लाहकार अनिल साहलगायत कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण