पेडारी खोलामा पक्की पुल निर्माण
राँझा । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए । यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व–पश्चिम राजमार्ग पुग्नुपर्ने झण्झट अन्त्य हुने जनाइएको छ । बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर–१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोहलपुर–१५ र बैजनाथ – ५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि सङ्घीय सरकारको रु सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवातजावतमा धेरै सहज हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण