रवि लामिछानेको बयान सुरु
काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।
कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् । उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सो सहकारीको रकम अपचलन गरेको आरोप छ ।
जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण