ज्वानो चिया पिउँदा भाग्छन् यी रोग
काठमाडौं । मानिसहरु बिहान उठ्ने बित्तिकै दुधको चिया पिउन रुचाउँछन् । तर बिहान बिहान दुधबाट बनेको चिया सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तर बिहान उठ्ने बित्तिकै दुध चिया पिउनुको सट्टा ज्वानोको चिया पिउने हो भने शरीरलाई धेरै फाइदा हुन्छ ।
यसले तौल बढ्ने समस्याबाट पीडित व्यक्तिको तौल घटाउन मद्दत गर्छ । साथै पाचन प्रणाली पनि मजबुत पार्छ । ज्वानोमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ । आजको यस लेखमा हामीहरू ज्वानोको चिया पिउनुका फाइदाहरूबारे बताउनेछौं । जुन यस प्रकार रहेका छन् :-
- ग्यास समस्याबाट राहत
जसलाई सधैं ग्यासको समस्या हुन्छ, त्यस्ता व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानोको चिया पिउनुपर्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र पेटसम्बन्धी धेरै समस्यामा यो फाइदाजनक हुन्छ ।
- तौल घटाउन सहयोगी
लगातार तौल बढेर हैरान भएका व्यक्तिहरूले बिहान उठेपछि ज्वानोको चिया पिउनुपर्छ । बिहान उठेपछि खाली पेटमा ज्वानोको चिया पिउनाले शरीरमा जम्मा भएको बोसो कम हुन्छ र यसले शरीरको मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन मद्दत गर्छ ।
- तनाव कम गर्न सहयोगी
ज्वानोको चियाले तनाव कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा उर्जा मिल्छ र थकान पनि हट्छ ।
- दममा लाभदायक
दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानोको चिया पिउनुपर्छ । ज्वानो तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानोको चिया पिउँदा फाइदा हुन्छ ।
- महिनावारीको समयमा राहत
तपाइँ नियमित रूपमा ज्वानो चिया पिउनुहुन्छ भने यो तपाइँको स्वास्थ्यको लागी धेरै लाभदायक छ । यसको सेवनले महिलाहरूलाई महिनावारीको समयमा हुने दुखाईबाट आराम मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण