खेतमा परालले छोपिराखेको अवैध सालको गोलिया काठ बरामद
बुधबार, ०७ कात्तिक २०८१, ०९ : ०७
रौतहट । रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा प्रहरी चौकीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ।
सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको गोलिया काठ बरामद गरेको हो।
करिब १६ क्युफिट बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। हिन्दुहरूको पर्व तिहारको अवसरमा वन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठको चोरी निकासी गर्ने गर्दछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
-
६ वर्षदेखि नीति तथा कार्यक्रममै सीमित रहे सीडीसी, एफडीए र प्राधिकरण
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण