टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
सारांश
- वैदेशिक रोजगारीका लागि टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा सुरेश गिरी र वीरबहादुर श्रेष्ठ रहेका छन्, जसले क्रमश: टर्की र बेलायत पठाउने भन्दै पीडितहरूबाट ठगी गरेका थिए।
- ठगीमा परेका पीडितहरूको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा कारबाहीका लागि पठाएको छ।
काठमाडौँ। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने बाराको निजगढ नगरपालिका-१३ का ४९ वर्षीय सुरेश गिरी र ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभाको चैनपुर नगरपालिका-३ का ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरूमध्ये सुरेशले टर्की पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ र वीरबहादुरले बेलायत पठाइदिन्छु भन्दै अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। रकम बुझाएर ठगिएपछि पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले सुरेशलाई काठमाडौँ महानगरपालिका-१२ बाट र वीरबहादुरलाई ललितपुरको महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण