ललितपुर । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ ।
_x2MdYQjCe8.jpg)
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ११ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुनेछ ।
_NY5vtOqZ6q.jpg)
यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने छन्। यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ।
_HagYa2lb0C.jpg)
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाति रहने छ ।
_Jmu6uRLuTH.jpg)
साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।
_YdPE5yXeZG.jpg)
४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
_BsVCLOYCwP.jpg)
फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५१ साल देखि लगातार रूपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ।
_o0bb5VY1Jv.jpg)
_V6WQKXzujk.jpg)
_VXLsU1kF8h.jpg)
_hG63bN1jse.jpg)
_sDSEAfafR2.jpg)
_fFB7DmK6j2.jpg)
_eIjHUxM90o.jpg)
_27cW24aQ4M.jpg)
_nTk9k5crN4.jpg)
_I6VCA9KvL4.jpg)
_EgXH9wUF5d.jpg)
_XCiP7BkZKV.jpg)
_6SwfECexBW.jpg)
_QI9NYPnT97.jpg)
_EsoGnIybPK.jpg)
_eTHwUHJshp.jpg)
_GPG4Ix3Hub.jpg)
_61iLpS9mVP.jpg)
_YxsuBvr3du.jpg)
_XD6Kdnumm1.jpg)
प्रतिक्रिया