फेनरबाचसँग बराबरीमा रोकियो म्यान युनाइटेड, प्रशिक्षक मोउरिन्होलाई रातो कार्ड
काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति सम्पन्न लिग चरणको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडलाई टर्कीको क्लब फेनरबाचले आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकेको हो ।
खेलमा अग्रता भने म्यानचेस्टर युनाइटेडले नै लिएको थियो । खेल सुरु भएको १५औँ मिनेटमा क्रिस्टियन एरिक्सनले म्यानचेस्टर युनाइटेडका लागि गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा म्यान युनाइटेड अगाडि रह्यो ।
तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै फेनरबाचले जवाफी गोल गरेको थियो । फेनरबाचका लागि युसेफ एन–नेसिरीले जवाफी गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् ।
खेलका क्रममा अस्वभाविक ब्यवहार देखाएको भन्दै फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होलाई फ्रान्सेली रेफ्री क्लेमेन्ट टर्पिनले रातो कार्ड देखाएका थिए । त्यसपछि उनी आफ्नो स्थानबाट बाहिरिएका थिए । मोउरिन्हो म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक पनि हुन् ।
हालसम्म तीन खेल खेलेर तीनवटै बराबरीको नतिजा निकालेको म्यानचेस्टर युनाइटेड तालिकाको २१औँ स्थानमा आसिन छ । फेनरबाच भने तालिकाको १४औँ स्थानमा छ । फेनरबाचले तीन खेलबाट पाँच अंक बटुलेको छ । फेनरबाचले एक जित दुई बराबरीको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण