युक्रेनका राष्ट्रपतिद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको भ्रमण अस्वीकार
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।
रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को लागि आह्वान गरेका थिए ।
यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका २० नेताहरूको बैठकमा गुटेरेसको सहभागिताले किएभमा आक्रोश उत्पन्न गरायो । 'कजानपछि गुटेरेस युक्रेन आउन चाहनुहुन्थ्यो तर राष्ट्रपति जेलेन्स्कीले उहाँको भ्रमणको पुष्टि गर्नुभएन, त्यसैले विशेषगरी कजानमा विवेक र अन्तर्राष्ट्रिय कानूनको अपमानका कारण गुटेरेस यहाँ आउनुहुने छैन,' स्रोतले भन्यो ।
कजानमा पुटिनसँगको वार्तामा गुटेरेसले युक्रेनमा रुसी आक्रमण संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन थियो भन्ने कुरालाई दोहोर्याए ।
ती द्विपक्षीय वार्ताअघि युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको कजान भ्रमणको निर्णयको आलोचना गर्दै उहाँले जुनमा स्विट्जरल्यान्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनमा भाग नलिएको बतायो ।
'यो गलत छनोट हो, यसले शान्तिको कारणलाई अगाडि बढाउँदैन । यसले केवल संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठालाई क्षति पुर्याउँछ,' मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण