सुनजस्तो देखिने धातुसहित पक्राउ
मङ्गलबार, १३ कात्तिक २०८१, २० : १४
रुपन्देही । बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकबरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी पक्राउ गरिएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण