टिकटक निर्माता बने चीनको सबैभन्दा धनी व्यक्ति
बुधबार, १४ कात्तिक २०८१, ०२ : ००
बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।
जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो । र, तथ्यांकअनुसार योसँगै उनी चीनकै धनी व्यक्ति समेत बनेका छन् ।
उनले बनाएको सोसल मिडिया प्लेटफर्म टिकटक नेपालसहित धेरै देशहरूमा लोकप्रिय छ । तर, भारतलगायत देशहरूमा भने प्रतिबन्धित छ ।
यद्यपि इन्टरनेटका माध्यममार्फत व्यवसाय गर्दै आएका यिमिङको सम्पत्तिमा एकै वर्ष ४३ प्रतिशतले वृद्धि आउनुले चिनियाँ बजारमा तहल्का मच्चाएको छ ।
टिकटक सञ्चालक कम्पनी बाइटडान्सले गत वर्ष ६० प्रतिशतभन्दा बढी नाफा कमाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण