अमेरिकामा रहेका नेपालीले यसरी मनाए भाइटीका
वासिङ्टन डिसी । नेपालीहरूको दोस्रो ठुलो मुख्य चाड भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले मनाएका छन् । अधिकांश नेपाली समुदायले नेपाल कै समय अनुसार ११ :३७ को शुभ साइतमा अमेरिकाका विभिन्न सहर तथा राज्यहरूमा टिका लगाइएको छ ।

नेपालमा भाइटीका बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम मानिएको थियो । अमेरिकामा बसोबास गर्ने नेपालीले पनि त्यही साइतमा लगाएता पनि टाढा टाढाबाट आउनु पर्ने र अन्य विविध काम मिलाउने पर्ने भएकोले रातिसम्म पनि लगाएका छन् ।
अमेरिकाको डिसी क्षेत्रमा २ नोभेम्बर ११ बजेर ४१ मिनेट भनेता पनि अमेरिकामा आइतबार नोभेम्बर ३ का दिन नेपाल कै साइतमा भाइटीका मनाएका छन् ।

यस वर्ष छुट्टीको दिन आइतबार भाइटीका परेता पनि आइतबार पनि काम गर्नेहरूले बिदा लिई र बिदा नमिल्नेहरूले कामबाट फर्के पछि भाइटीका मनाएका छन् ।
अमेरिकामा दिदीबहिनी नहुने दाजुभाइहरू केही नेपाल गएका छन् भने अमेरिकामा रहेका दाजुभाइ भेट्न दसैँ र तिहारको लागि नेपालबाट पनि दिदीबहिनीहरू पनि अमेरिका आई दाजुभाइलाई टिका लगाई दिएका छन् ।

अमेरिकाको नागरिकता प्राप्त गरे पछि आफ्ना बुवाआमा/दिदीबहिनी/दाजुभाइ समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाइ दिदीबहिनी अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।
नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरी काग तिहारदेखि नै भाइटीका सम्म ५ दिन झिलिमिली बनाएर नेपाल कै जस्तै गरी सामाग्री तयार गरी दाजुभाइलाई दिदीबहिनीले दिएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाई दिएका छन् ।
विगत केही वर्ष देखि नेपाली समुदायको पहिलो पुस्ताले देउसी भैलो खेल्दै अमेरिकामा खोलिएका नेपाली पाठशालाका विद्यार्थीहरूलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य/सहरहरूमा खेल्न प्रोत्साहन गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण