दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, ०९ : ५१
बुटवल। दाङमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-५ स्थित लमही-गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ कमलराेड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले मगरलाई लमही अस्पतालमा उपचारकाे लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताए । मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण