दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, ०९ : ५१

बुटवल। दाङमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-५ स्थित लमही-गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ कमलराेड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले मगरलाई लमही अस्पतालमा उपचारकाे लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताए । मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण