नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएकी छन् ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरेकी हुन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताइन् । उनले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताइन्। शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उनले उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकुलन वातावरण हुनुपर्ने भएपनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताइन् । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताइन् । निर्माण कार्य सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण