छठ पर्व सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण छ : मुख्यमन्त्री सिंह
सोमबार, १९ कात्तिक २०८१, १८ : २०
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरमा छठका व्रतालुलाई पूजा सामग्री वितरण गरेका छन् ।
धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित विपन्न व्रतालुहरूलाई छठको पूजा सामग्री वितरण गरेका हुन् ।
मुख्यमन्त्री सिंहले एक सय जना छठका व्रतालु महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरेका छन् । त्यसअवसरमा उनले लोक आस्थाको छठ पर्व सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको बताए । छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा धनुषा चेम्बर अफ कमर्सलाई धन्यवाद दिए ।
जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ट रहेको भन्दै यसलाई थप आकर्षक बनाउन सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण