समाचार
अर्घाखाँचीमा बस दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते
सोमबार, १९ कात्तिक २०८१, १८ : ३३
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटना भएको छ । सोमबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार करिब ५ बजे ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
देउसी भैलो खेल्न आएको बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको जनाएको छ ।
घटनास्थलमै एक महिलाको मृत्यु भएको डीएसपी मल्लले बताए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण