समाचार
अर्घाखाँचीमा बस दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते
सोमबार, १९ कात्तिक २०८१, १८ : ३३
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटना भएको छ । सोमबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार करिब ५ बजे ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
देउसी भैलो खेल्न आएको बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको जनाएको छ ।
घटनास्थलमै एक महिलाको मृत्यु भएको डीएसपी मल्लले बताए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव