मुख्यमन्त्री आचार्यले लिए अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार बुटवलस्थित चौराहा अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरूको अवस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ खिल्जीमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरूसँग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको बताए । उनले उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए ।
दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । भैलो खेलिरहेको समूहकै बिचबाट ना३ख २४७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित तवरले अघि बढ्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अर्घाखाँची जिल्ला अस्पताल र बुटवलका विभिन्न अस्पताल उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु