भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
काठमाडौँ । प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । मंगलबार साँझ एउटा भिडियो सन्देश मार्फत उनले भनेका छन्, ‘त्यो शब्दको लागि म माफी चाहन्छु ।’
साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत कार्तिक १४ मा दशरथ रंगशालामा भएको फाइनल खेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर उनले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका हुन् । सो अभिव्यक्तिपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिहरेको छ । सामाजिक सञ्जाल टिकटकमा उनले पोष्ट गरेको भिडियो धेरैले हेरेका थिए ।
२० वर्षीय कार्की स्टुडेन्ट भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियोमा बस्ने भ्लगर कार्कीलाई इन्टरपोलको सहयोगमा पक्राउ गर्नेगरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले पक्राउ गर्ने प्रक्रिया सुरु गरेपछि उनले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै भनेका छन्, ‘खेल दौरानमा गेम हारिन्छ जस्तो भएर मार्छु भन्ने शब्द बोल्न पुगेँ । तात्पर्य गलत हो तर, मेरो कमेडी थियो । त्यो शब्द मैले तत्काल हटाएँ । त्यहाँ (मैदानमा) फ्रस्टेशन देखेर त्यस्तो बोलेँ । कसैलाई व्यक्तिगत रूपमा मैले भनेको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण