भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा, नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै
काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे । सो भिडियो धेरैले हेरेका छन् ।
कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र इन्टरपोललाई पत्राचार गर्ने प्रक्रिया भइरहेको छ ।’
सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो ।
रंगशालमा काठमाडौँका मेयर बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गर्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । नाराबाजी गर्नेहरूमा नारायण विष्टसहित ५–६ जना थिए । उनीहरू रास्वपा समर्थक रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनले भने, ‘नाराबाजी गर्नेहरूको पहिचान गरेका छौँ, उनीहरूबारे अनुसन्धान भइरहेको छ ।’ नाराबाजी गर्नेहरुविरुद्ध पक्राउ अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण