पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
मङ्गलबार, २० कात्तिक २०८१, २० : ०७
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो तानसेन–८ गौडे भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन–७ प्रभासकी २७ वर्षिया सावित्रा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत गौडेमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु८८ प ६६५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
मोटरसाइकल चालक तानसेन–७ प्रभासका ४३ वर्षीय ईन्द्र बहादुर गाहा र मोटरसाइकल पछाडि सवार सावित्रा थापा घाइते भएकोमा सावित्राको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण