रुपन्देही व्यापार संघले सप्ताहव्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउने
बुटवल । रुपन्देही व्यापार संघले २५ औँ वार्षिकोत्सव एवं रजत महोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । वि.स. २०५७ कात्तिक २८ गते स्थापना भएको रुपन्देही व्यापार संघले आफ्नो रजत महोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएको हो ।
संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी रजत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने कार्यक्रम तय भएको अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।
यस्तै कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत् रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा बिरामीलाई निःशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय भएको उनले बताए ।
रजत महोत्सवको अन्तिम दिन मूल कार्यक्रमका रूपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गरिने छ ।
रजत महोत्सवको अवसरमा संघले यही कात्तिक ३ गते सालझण्डी र कात्तिक १० गते समेलारमा १५ जनाभन्दा बढी मेडिकल टिमसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको उनले बताए । साथै सो शिविरमा एक हजारले सेवा लिएको र १५ लाखभन्दा बढीको औषधी वितरण गरिएको संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण