अमेरिकामा डोनाल्ड ट्रम्पको जितमा चीनले के भन्यो ?
बेइजिङ । अमेरिकामा एक पटक फेरि डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसैबीच विश्वभरबाट उनलाई बधाईको ओइरो आइरहेको छ । यसैबीच चीनको विदेश मन्त्रालयले ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएको छ ।
चीनको विदेश मन्त्रालयले बुधबार आफ्नो आधिकारिक एक्स खातामा एउटा पोस्टमा लेखेको छ । ‘हामी अमेरिकी जनताको चुनावलाई सम्मान गर्छौ र अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिन्छौं ।’
पोष्टमा अझ अगाडि चिनियाँ विदेश मन्त्रालयले लेखेको छ, ‘अमेरिकालाई लिएर चीनको जो नीति छ त्यो भविष्यमा पनि जारी रहनेछ । हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सह–अस्तित्व र दुवै देशको हितको सिद्धान्तमा हाम्रो द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिनेछौँ ।’
बुधबार भएको राष्ट्रपति चुनावको परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका थिए । अमेरिकी इतिहासमा राष्ट्रपति चुनाव हारेपछि कोही व्यक्ति ह्वाइट हाउस फर्किएको यो दोस्रो पटक हो । अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति बन्न सकेको छैनन् । डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिस पनि यो परम्परा तोड्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण