लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सीइओ बराथनबिच भेटवार्ता
बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) सँग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा हवाई माध्यमबाट पर्यटक ल्याउने विषयमा छलफल भएको छ ।
उपाध्यक्ष लामाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद समेत दिए । पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियमित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम र स्वास्थ्य परीक्षण जस्ता आवश्यक सुविधाहरू भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे ।
भेटवार्तामा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यथाशीघ्र वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने विषय पहल भइरहेको जानकारी दिए । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरू र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण