फ्लाई दुबईको जहाज पहिलो पटक भैरहवामा
शनिबार, २४ कात्तिक २०८१, १६ : ११
बुटवल । फ्लाई दुबईको जहाज शनिबार पहिलो पटक भैरहवामा उडान गरेको छ । आज दिउँसो दुबईबाट आएको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा १५९ यात्रु आएका थिए। जसमा १० जना भैरहवामा ओरालेकोको विमानस्थलका सूचना अधिकारी विनाेदसिंह रावतले जानकारी दिए। बाँकी यात्रु काठमाडौँ गएका छन्। अब विमानले दैनिक दुबई-भैरहवा-काठमाडौँ उडान गर्नेछ।
यसअघि बिहान जजिराले भैरहवाबाट उडान गरेको थियो । बिहान जजिरा एयरवेजले १७१ जना ल्याएको र जाँदा १६८ जना लगेको थियो ।
यस्तै नेपाल एयरलाइन्स पनि भैरहवा आउने छ ।आज राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा जाने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण