बागमती सफाइ अभियान ६०० औँ हप्तामा, २० हजार मेट्रिक टन भन्दा बढी फोहोर सङ्कलन
काठमाडौँ । बागमती सफाइ अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको छ । शनिबार काठमाडौँमा सरसफाइ अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजनासमेत गरिएको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै बागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाइमा जोडिनुपर्ने बताए । उनले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाइमा जुट्न आह्वान गरे । बागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाइमा जोडिनुपर्ने उल्लेख गरे ।
कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पोखरेलले बागमती सरसफाइ अभियान स्वयंसेवी अभियान भएको बताए । सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको बताए । उनले सुरु गरेदेखि कुनै पनि हप्तामा सरसफाइ नरोकिएको जिकिर। उनले बागमती सरसफाइ अभियान राष्ट्रिय जागरणको अभियान भएको बताए।
उनले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिक टन भन्दा बढी फोहोर उठाएको बताए । बागमती अभियन्ताहरूले यस समयावधिमा ६ हजार भन्दा बढी वृक्षारोपण गरिसकेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण