रवि लामिछानेको म्याद सकियो, आज अदालत लगिने, प्रदर्शनको तयारीमा रास्वपा
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ ।
प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।
प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।
पोखरामा आज पनि प्रदर्शन
आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी छ ।
यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण