ग्वार्डिओलाको नेतृत्वमा सिटी पहिलोपटक लगातार चार खेलमा पराजित
म्यानचेस्टर । म्यानचेस्टर सिटीको म्यानेजरको रूपमा पेप ग्वार्डिओलाले पहिलोपटक लगातार चार खेलमा हारको स्वाद चाखेका छन् । प्रिमियर लिगमा ब्राइटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सिटीलाई २–१ गोलले हराएको हो ।
शनिबार भएको खेलमा अग्रता भने सिटीले लिएको थियो । अर्लिङ हालान्डले २३ औँ मिनेटमा सिटीलाई अग्रता दिलाए । सिटी जिततर्फ अग्रसर बनिरहँदा खेल सकिन १२ मिनेट बाँकी छँदा जोआओ पेड्रोले ब्राइटनका लागि बराबरी गोल फर्काए । ५ मिनेटपछि म्याट ओ’राइलीले गोल गर्दै ब्राइटनको पुनरागमन पूरा गरे ।
ग्वार्डिओलाले यसअघि बायर्न म्युनिखको म्यानेजर हुँदा सन् २०१४–१५ सिजनमा लगातार चार खेलमा हार बेहोरेका थिए । सिटीले भने पछिल्लोपटक सन् २००६ मा लगातार चार खेल हारेको थियो ।
यसअघि सिटी काराबओ कपमा टोटनह्यामसँग पराजित भएको थियो । त्यसपछि प्रिमियर लिगमा बोर्नेमाउथसँग हारेको सिटी च्याम्पियन्स लिगमा स्पोर्टिङसँग स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण