सिटी हार्दा लिभरपुललाई ५ अङ्कको अग्रता
एनफिल्ड । साबिक विजेता म्यानचेस्टर सिटी पराजित भएको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल २–० गोलले विजयी बन्यो ।
खेलको २० औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस लगत्तै उनले अग्रता दोब्बर बनाउने अवसर पाएका थिए । तर, उनको प्रहार पोस्टभन्दा बाहिरिएको थियो ।
उनी चुक्दा लिभरपुललाई भारी पर्न सक्ने थियो । तर, पहिलो हाफअघि गोलकिपर काओम्हिन केलेहरले दुईवटा उत्कृष्ट बचाऊ गर्दै टोलीको अग्रता कायम राखे ।
दोस्रो हाफको सुरुवातमा मोर्गन रोजर्सले भिल्लाका लागि गोलको सुन्दर अवसर गुमाए । खेलको अन्त्यतिर मोहम्मद शालाहले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।
११ खेलपछि लिभरपुलको २८ अङ्क रहेको छ । सिटी २३ अङ्कसहित दोस्रो स्थानमा छ । १८ अङ्क बटुलेको भिल्ला आठौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण