बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘म यस्तो गीत गाउँछु’का कारण पुजालाई भ्याइ नभ्याइ

सोमबार, २६ असार २०७४, १६ : ४०
सोमबार, २६ असार २०७४

काठमाडौं – अभिनेत्री पुजा शर्मा अहिले निकै ब्यस्त रहेकी छन् । उनी निर्मित तथा अभिनय चलचित्र ‘म यस्तो गीत गाउछु’को रिलिज डेट नजिकिएपछि उनी ब्यस्त रहन पुगेकी हुन् ।

चलचित्र प्रचारका लागि बिभिन्न मिडियामा अन्र्तवार्ता लगायतको कामले अहिले आफुलाई भ्याइ नभ्याइ भएको पुजाले बताइन् । चलचित्रमा पुजाको जोडी पल शाह रहेका छन् । पलसँगको आफ्नो कमेन्ट्री निकै मिलेको पुजाको भनाई रहेको छ । 

पुजा केही दिन अगाडि चलचित्रको प्रचारका लािग चितवन पुगेकी थिइन् । चितवनमा हात्ती चढ्दै चलचित्रको प्चार समेत गर्न उनले भ्याइन् ।
  
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले लभस्टोरी बिषय उठाएको छ । प्रेमकथा फरक तवरबाट चलचित्रमा पस्कने कोसिस गरेको निर्माण युनिटले जनाएको छ ।
 
पुजाले गतबर्ष प्रेम गीत नामक चलचित्र प्रदर्शनमा आएको थियो । यो चलचित्रबाट उनले सफलता हात पार्न सफल भइन् । यस चलचित्रमा उनी प्रदीप खड्काको जोडी बनेकी थिइन् । यो जोडी दर्शकले निकै मन पराएका थिए । 
चलचित्रमा सरोज खनाल रुपा राना, मोहन निरौला, राजाराम पौडेल, शिशिर राना लगायतको समेत अभिनय छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप