आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले बृहत् रक्तदान कार्यक्रम गर्ने
काठमाडौँ । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्यामा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले बुधबार बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै कार्यालयले बुधबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म कार्यालयको प्राङ्गणमा बृहत् रकतदान कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
उपत्यका लगायत विभिन्न जिल्लामा डेंगु संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरूमा रगतको उच्च माग भइरहेको अवस्थालाई ध्यानमा राखी राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गर्न लागिएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अधिकृत समाज काठमाडौँ । र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखासँग समन्वय एवं सहकार्य गरिएको प्रमुख आचार्यले बताए ।
बृहत् रक्तदान कार्यक्रममा करिब एक सय जनाभन्दा बढी रक्तदाताको सहभागी रहने लक्ष्य कार्यालयले राखेको छ । उक्त कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयहरू, काठमाडौँ महानगरपालिकाका वडा नं १० र ३१ को कार्यालय तथा अन्य सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरू, रोटरी क्लब अफ बानेश्वर, लायन्स क्लब मिनभवनमा आबद्ध सदस्यहरूलाई रक्तदाताको रूपमा सहभागिताका लागि अनुरोध गरिएको छ ।
यस्तै, प्रमुख कर अधिकृतले अन्य इच्छुकलाई समेत उक्त कार्यक्रममा सहभागी भई योगदान पुर्याउन आव्हान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण