सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरमा महिला पुजारी मृत फेला
बुधबार, २८ कात्तिक २०८१, ०८ : ३१
सुर्खेत । प्रसिद्ध देउती बज्यै मन्दिरको मूल ढोकामा महिला पुजारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, बस्ने अन्दाजी ५० वर्षीय सरस्वती राजी सलको पासो लगाएर मन्दिरको मूल ढोकामा मृत भेटिएकी हुन् ।
उनी त्यहाँको महिला पुजारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अहिले घटनाबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।
‘हाम्रो सुब्बाकुना प्रहरी टोलीले आज बिहानै खबर भएको रहेछ, अहिले जिल्लाबाट पनि थप प्रहरी खटाएका छौँ,’ उनले भने, ‘घटनास्थल सुरक्षित राखेका छौँ । अनुसन्धान भइरहेको छ ।’
मन्दिरमा घटना घटेपश्चात पूजाआजा बन्द गरिएको छ ।देउती बज्यैमा हरेक दिन बिहान दैनिक ५ सय भन्दा बढी भक्तजनहरूले पूजाआजा गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण