लाइन जोड्ने निर्णयविरुद्ध भएन अन्तरिम आदेश
काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको मसुल उठाउने र काटिएका उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेको थियो । सोही निर्णयलाई मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले सदर गरेको थियो ।
उक्त निर्णयविरुद्ध मन्त्रिपरिषद, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
मन्त्रिपरिषद् र बोर्ड बैठकको निर्णयअनुसार प्राधिकरणले काटिएका उद्योगमा लाइन जोडिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण