लाइन जोड्ने निर्णयविरुद्ध भएन अन्तरिम आदेश

काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको मसुल उठाउने र काटिएका उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेको थियो । सोही निर्णयलाई मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले सदर गरेको थियो ।
उक्त निर्णयविरुद्ध मन्त्रिपरिषद, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
मन्त्रिपरिषद् र बोर्ड बैठकको निर्णयअनुसार प्राधिकरणले काटिएका उद्योगमा लाइन जोडिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण