माटोको परीक्षण गर्न कति लाग्छ खर्च ?
काठमाडौँ । नेपालमा माटो परीक्षण गर्न एक सयदेखि २ हजारसम्म खर्च लाग्ने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारमा कार्यरत माटो वैज्ञानिक डा. रोशनबाबु ओझाका अनुसार एक सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको हो ।
उनका अनुसार माटो परीक्षण गर्न सकिने दुईदेखि तीनस्तरका ठाउँ छन् । ‘प्रदेशस्तरमा जानु भयो भने सहुलियतपूर्ण दरमा माटो परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘त्यहाँ एक सय रुपैयाँमा माटो परीक्षण हुन्छ । नार्कमा आउनु भयो भने सात सय रुपैयाँसम्म लाग्छ । तपाई निजी क्षेत्रमा माटो परीक्षण गर्न जानुभयो भने दुई हजार रुपैयाँसम्म लाग्छ । ’
नेपालमा प्रदेश अन्तर्गतका निकायहरूदेखि लिएर स्थानीय तहका ‘मिनिल्याब’ मा माटो परीक्षण गर्न सकिन्छ । सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको सुन्दरपुरमा माटो परीक्षण हुन्छ । यस्तै, बागमती प्रदेशको हेटौँडामा र ललितपुरको हरिहर भवनमा माटो परीक्षणको ल्याब छ । गण्डकी प्रदेश कास्कीको पोखरामा माटो परीक्षण गर्ने ल्याब छ । लुम्बिनीको खजुरामा माटो परीक्षण हुन्छ । त्यसरी नै मधेस प्रदेशमा सप्तरीको राजविराज, कोशीमा सुनसरीको झुम्कामा माटो परीक्षण हुन्छ । यस्तै, कर्णालीको सुर्खेतमा माटो परीक्षणको ल्याब रहेको ओझाले बताए ।
नार्कले धानबाली भित्र्याइसकेपछि माटो परीक्षण गर्ने उपयुक्त समय रहेको ओझाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण