स्वादिष्ट चियाका लागि सुजल डेरीको 'डिलाइट डेरी ह्वाइटनर'
काठमाडौँ । सुजल डेरीले स्वादिष्ट चियाका लागि आफ्नो उत्पादन 'डिलाइट डेरी ह्वाइटनर' बजारमा सर्वत्र बजारमा उपलब्ध रहेको जनाएको छ । 'डिलाइट डेरी ह्वाइटनर' एक उत्पादन मात्र नभई, नेपाली जीवनशैलीकै उत्सव भएको कम्पनीको भनाइ छ ।
गाई र भैंसीको शुद्ध दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको 'डिलाइट डेरी ह्वाइटनर'ले चियामा क्रिमीपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जम्मा तीन चम्चा 'डिलाइट डेरी ह्वाइटनर' १८० मिलि मन तातो पानीमा घोलेर चिया वा कफीलाई अझ स्वादिलो बनाउन सकिनेछ ।
यो घर नजिकैको किराना पसलदेखि भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा, सजिलै पाउन सकिने छ भने दराज (Daraz), ठूलो डटकम (Thulo.com), र स्मार्टडोको जस्ता ई-कमर्स साइटहरूमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
४०० ग्रामको ४७० र ८०० ग्रामको ९०० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको यो उत्पादन दुई सुविधाजनक प्याकमा उपलब्ध रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
-
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
-
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
युद्ध अन्त्य भएको ट्रम्पको दाबी, इरानले भन्यो- यो अड्कलबाजी मात्रै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण