शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन

शुक्रबार, २९ जेठ २०८३, ०८ : २२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक भएको छ, जसमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ ।
  • गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन पन्त बेहुला-बेहुलीको अवतारमा देखिएका छन् ।
  • तीन दशकअघिको ग्रामीण विवाहको परिवेशमा आधारित यो फिल्म साउन १ गतेबाट प्रदर्शनमा आउनेछ ।

काठमाडौँ ।  फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । गीतमा डा. भोला रिजालको शब्द तथा गायक गौतम स्वयंको संगीत छ । 

तीन दशक अघि गाउँघरमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार  अरुण क्षेत्री र सिम्रन पन्तकाे बेहुला बेहुलीकाे रूपमा देखिएका छन् । उनीहरूको विवाह भइरहेको भिडियोमा देख्न सकिन्छ । माइतीघर छाडेर जान लागेकी छोरीले परिवारप्रति गरेको गुनासो र आमाबुबाले नरोई जान गरेको आग्रहलाई गीतले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ। 

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी (भान्जा) र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्मातामा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन तथा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यू निरवी, निरज नेपाल र गिरिराज घिमिरेको लेखन रहेको छ ।

फिल्मको कथा भने डा. भोला रिजालको हो । फिल्म आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप